global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, चार महिनामा बढ्यो करिब ८५ अर्ब

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, चार महिनामा बढ्यो करिब ८५ अर्ब

सार्वजनिक ऋण २५ खर्ब नाघ्यो, चार महिनामा बढ्यो करिब ८५ अर्ब

सरकारको सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालले लिएको यस्तो ऋण पछिल्लो चार महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको सुरुमा यस्तो सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६५ अर्ब रुपैयाँ रहेको पनि सार्वजनिक ऋण कार्यायलले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।

सरकारले पछिल्लो ४ महिनामा ८६ अर्ब ३१ करोड रुपैयाँ ऋणको सावा र ब्याज भुक्तानी गरेको छ । यस्तो रकम आन्तरिक ऋणकोलागि ७२ अर्ब ७४ करोड र बाह्य ऋणको लागि १३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको पनि तथ्यांकमा देखिएको छ ।

सरकारले लिएकाे यो ऋण हालकाे करिब २ करोड ९६ लाख ३८ हजार जनासंख्याको आधारमा हरेक नेपालीकाे थाप्लोमा करिब ८५ हजार रुपैयाँ ऋणभार पर्ने देखिन्छ ।

 

प्रकाशित समय : १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु