global ime bank Long Banner Ad

गृहपृष्ठ गोर्खा पुगेर ‘प्रचण्ड’ले भने-सरकारबाट हटेपछि पीडित भएको छैन

गोर्खा पुगेर ‘प्रचण्ड’ले भने-सरकारबाट हटेपछि पीडित भएको छैन

गोर्खा पुगेर ‘प्रचण्ड’ले भने-सरकारबाट हटेपछि पीडित भएको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट हटेकामा पीडित नभएको बताएका छन्।

बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारबाट हट्दा जनतामा जाने अवसर पाएको तर्क गरेका हुन्।

‘मलाई अहिले सरकारबाट बाहिर भए पनि पीडामा चाहिँ बिलकुलै छैन है, ‘उनले भने, ‘कोही कसैले यो सरकारबाट हटेपछि पीडित भयो होला भन्ने ठान्नुहुन्छ होला। मचाहिँ छैन। यो विषयमा चाहिँ मैले साथीहरूलाई धन्यवाद भन्छु कि, जनतामा जाने अवसर जुटाइदिनु भएको छ। म अब गोरखामा नियमित आउँछु र तपाईँहरूसँग अन्तरक्रिया गरिरहन्छु।’

 

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु