गृहपृष्ठ मापसे गरी गाउँपालिका उपाध्यक्षले कुटे आफ्नै कर्मचारी

मापसे गरी गाउँपालिका उपाध्यक्षले कुटे आफ्नै कर्मचारी

मापसे गरी गाउँपालिका उपाध्यक्षले कुटे आफ्नै कर्मचारी

दैलेखको नौमुले गाउँपालिकाका उपाध्यक्ष गङ्गबहादुर शाहीले मादकपदार्थ सेवनगरी आफ्नै गाउँपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन्।

उनले गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका सब इन्जिनियर विवेक प्रसाद रेग्मीमाथि कुटपिट गरेका हुन्। कुटपिटलगत्तै सब इन्जिनियर रेग्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी (निवेदन) दिएका छन्।

उपाध्यक्षको कुटपिटबाट रेग्मीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुबीच सामान्य विषयमा भनाभन हुँदा उपाध्यक्षले कुटपिट गरेको जनाईएको छ।

आफूमाथि कुटपिट भएको भन्दै उपाध्यक्ष शाहीविरुद्ध पीडित रेग्मीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएलगत्तै प्रहरीले शाहीलाई सम्पर्कमा आउन भनेको छ। साथै दुवै पक्षलाई सँगै राखेर घटनाबारे बुझ्ने कोशिस भईरहेको जिल्लाप्रहरी कार्याय दैलेखका प्रमुख (डिएसपी) सुनिल दाहालले बताए।

 

 

 

प्रकाशित समय : १०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु