गृहपृष्ठ ट्रम्पले फेरी दिए ‘अमेरिका फर्स्ट’ को नारा

ट्रम्पले फेरी दिए ‘अमेरिका फर्स्ट’ को नारा

ट्रम्पले फेरी दिए ‘अमेरिका फर्स्ट’ को नारा Former U.S. President and Republican presidential candidate Donald Trump holds a campaign event, in Chesapeake, Virginia, U.S. June 28, 2024. REUTERS/Brendan McDermid

अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ ।

चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठूलो र्‍याली गरेका छन् ।

र्‍यालीमा सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवारले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्याएका छन् ।

सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । यसबाहेक ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए ।

आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरेका थिए । उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए ।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन् ।

पछिल्ला मत सर्वेक्षणमा ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिशबीच कडा प्रतिष्पर्धा देखिएको छ । धेरै जसो सर्वेक्षणले दुवै बराबरीको अवस्थामा रहेको देखाएको छ ।

 

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु