काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यमनमा साउदी हवाई आक्रमण तीव्र

1.03K
shares

यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् । उहाँका अनुसार यस साता यमनका नौ प्रान्तमा गरी करिब ३०० हवाई आक्रमण भएका छन् । साउदी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच, बाब अल–मन्देब जलडमरूनजिक पर्ने लाहिजको कहबुब पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको बताइएको छ । ताइज र मारिब क्षेत्रमा पनि झडप जारी रहेको छ । हुथीहरूले लाल सागरको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि यमनमा हिंसा थप बढेको हो । यमनको द्वन्द्व सन् २०१४ मा हुथीहरूले राजधानी सानालाई नियन्त्रणमा लिएपछि सुरु भएको थियो ।