गृहपृष्ठ इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो ।

इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ । कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो ।

नयाँ बिक्री केन्द्रबाट ग्राहकले स्मार्ट घडी, इयरबड्स, हेडफोन, स्पिकर, पावर बैंकलगायत अल्टिमाका विभिन्न उत्पादन प्रत्यक्ष हेर्न, अनुभव गर्न र खरिद गर्न सक्नेछन् ।

१०औँ बिक्री केन्द्र उद्घाटनका अवसरमा कम्पनीले ग्राहक लक्षित विभिन्न छुट तथा उपहार योजना सार्वजनिक गरेको छ । सोही दिन इटहरी बिक्री केन्द्रबाट अल्टिमाको कुनै पनि उत्पादन खरिद गर्ने पहिलो १० जना ग्राहकलाई निःशुल्क अल्टिमाको ग्याजेट प्रदान गरिने महाप्रबन्धक प्रज्वल ढकालले जानकारी दिएका छन् ।

त्यस्तै, अभियानअन्तर्गत बुम स्लिक इयरबड्स ९९९ रुपैयाँ, बुस्ट २० हजार प्रो पावर बैंक २ हजार ९९ रुपैयाँ, फ्लेक्स स्मार्टवाच २ हजार १९९ रुपैयाँ, क्लियर माइक २ हजार ९९९ रुपैयाँ र मार्भल स्पिकर २ हजार ९९९ रुपैयाँमा उपलब्ध छन्। यीमध्ये प्रत्येक उत्पादन दैनिक पहिलो ९९ जना खरिदकर्ताले मात्र उक्त मूल्यमा खरिद गर्न सक्नेछन् ।

कम्पनीले नयाँ उत्पादनतर्फ अल्टिमा औरा ३ हजार ४९९ रुपैयाँ, बास ४३० हेडफोन १ हजार ९९९ रुपैयाँ र बुमबक्स १३० १९ हजार ९९९ रुपैयाँको विशेष मूल्यसमेत सार्वजनिक गरेको छ ।

त्यसैगरी, ८ हजार रुपैयाँभन्दा बढीको खरिदमा बुम स्लिक इयरबड्स, १० हजार रुपैयाँभन्दा बढीको खरिदमा बुस्ट २० हजार प्रो पावर बैंक र १२ हजार रुपैयाँभन्दा बढीको खरिदमा फ्लेक्स स्मार्टवाच निःशुल्क दिने योजना ल्याइएको छ ।

अभियानअन्तर्गत ‘भाग्यचक्र घुमाउनुहोस्’ योजनामार्फत कुल २० लाख रुपैयाँ बराबरका पुरस्कार जित्ने अवसरसमेत दिइएको छ । पुरस्कारमा थाइल्यान्डको जोडी भ्रमण प्याकेज, सुनका सिक्का, वातानुकूलित यन्त्र, टेलिभिजन, लुगा धुने मेसिन तथा अल्टिमाका ग्याजेटलगायत छन् ।

यसका अतिरिक्त अल्टिमाका सम्पूर्ण उत्पादनमा ६० प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अभियानका विभिन्न छुट तथा अफर असोज १० गतेसम्म सञ्चालन हुनेछन्। सबै अफर तोकिएका सर्त तथा सामानको उपलब्धताका आधारमा लागू हुनेछन् ।

इयरबड्स, हेडफोन, स्मार्टवाच, स्पिकर, पावर बैंकलगायत अडियो तथा पहिरनयोग्य प्रविधिका उत्पादन बिक्री गर्दै आएको अल्टिमा लाइफस्टाइलले १०औँ बिक्री केन्द्रमार्फत इटहरी र आसपासका ग्राहकलाई आफ्ना उत्पादन प्रत्यक्ष हेर्ने, अनुभव गर्ने तथा खरिद गर्ने सुविधा दिएको जनाएको छ ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु