काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रौतहट एमालेका युवा नेता कुशवाहा सम्मानित

3.68K
shares

नेकपा एमालेका युवा नेता तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहा सनिवार एक समारोहका बिच सम्मानित भएका छन्।

नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा कटहरिया २ जमुनिया बजारमा भएको कार्यक्रममा युवा नेता तथा वडा अध्यक्ष कुष्वाहालाई सम्मानित गरिएको हो।

दोस्रो पटक वडा अध्यक्षको जिम्मेवारीमा रहेर सामाजिक हित र कल्याणका निमित निस्वार्थरूपले गरेको कामको उच्च मूल्यांकन गर्दै लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवालिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा नेता कुशवाहा लाई कदरपत्र बाट सम्मानित गरेको थियो ।

कुशवाहा २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकट बाट र २०७९ को निर्वाचनमा नेकपा एमालेको टिकट बाट कटहरिया नगरपालिका ४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी निर्वाचित भएदेखि नै युवा तथा जनचाहना अनुसारको विकास निर्माणको काम गर्दै आएका छन्। आउँदो २०८४ को स्थानीय निर्वाचनमा युवा नेता चन्दन कुशवाहा कटहरिया नगरपालिकामा मेयर पदको लागि तयारी गरिरहेको चर्चा चुलिएको छ ।