काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कैलालीका किसान धानबाली भित्र्याउन व्यस्त

2.98K
shares

कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिक जसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरूलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

धनगढी उपमहानगरपालिका-२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने “हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ, झिसमिसे अध्यारो समयसम्म खेतमै हुन्छौँ र बिहान पनि सबेरै खेतमा जान्छौँ ।” केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ ।

खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुखेसो पोख्नुभयो । धान थ्रिसेर गर्नका लागि पालो पर्खदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उनले बताए ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यतिबेला मौसमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउन लागि परेका छन् ।

किसानहरू पहिले एक अर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्थे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन । नेपालीहरूको महान चाड बडादसैँ सुरु भइसकेको छ । दसैँको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ । तैपनि यहाँका किसान मौसममा गडबडी देखिन थालेपछि दसैँलाई व्यवस्था गर्दे उनीहरू खेतमा पाकेको धानबाली भित्र्याउन आ-आफ्ना खेतमा साना देखि ठूला घरपरिवारका सबै सदस्यहरू जुटेको पाइन्छन् । केही थोरै खेत हुने साना किसानहरूले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसका छन । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् ।