काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन मुख्यमन्त्रीको आग्रह

2.16K
shares

कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले  राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान रहेको बताउँदै गुणस्तरीय निर्माणलाई मूलमन्त्र बनाउन आग्रह गरेका छन्  ।

मोरङ निर्माण व्यवसायी सङ्घको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले  निर्माण क्षेत्रका समस्या समाधान गर्न आफू तयार रहेको बताए । उनले खरिद ऐनप्रति लक्ष्य गर्दै निर्माण व्यवसायीलाई सहज हुनेगरी नीतिनियम सच्च्याइने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “चालु आर्थिक वर्षको मौद्रिक नीतिले निर्माण व्यवसायीमा आशा जगाएको छ ।” साथै उनले व्यवसायीलाई भुक्तानी दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

 

निर्माण व्यवसायी महासङ्का  अध्यक्ष रवि सिंहले भुक्तानीमा भएको विलम्बले निर्माण व्यवसायीहरु गम्भीर आर्थिक समस्यामा परेका बताए  । उनले सम्पन्न भएका परियोजनाको रकम अविलम्ब दिनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायी सङ्घका कारण २५ लाखले रोजगारी पाएका बताए ।