काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सभ्य समाज निर्माणका लागि खेलकुद आवश्यक

1.87K
shares

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सभ्य समाज निर्माण गर्न खेलकुद जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज जनकपुरधाममा आयोजित जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभामा उनले आजको युगमा खेलकुद जगत रोजगारी सिर्जनासँगै राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

“शिक्षा र स्वाथ्यका लागि मात्र नभइ आजको युगमा खेलकुदबाट राष्ट्रको पहिचान बनाउन र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ”, सभामुख मण्डलले भने । खेलकुद अनुशासन, संस्कार र स्वस्थ जीवनशैली सिकाउने मूल जरो रहेको बताउँदै उनले पछिल्लो समय क्रिकेटमा नेपाल विश्वस्तरमा प्रख्यात हुँदै गएको उल्लेख गरे ।

मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ योजनामा राखी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले जनकपुरधाम–१४ रजौलमा निर्माणाधीन रंगशालाका लागि संघ सरकारले विशेष पहल गर्नुपर्ने आग्रह गरे।