गृहपृष्ठ लेखा समितिको बैठक निष्कर्षविहीन
लेखा समितिको बैठक निष्कर्षविहीन
डेडिकेटेड फिडर र ट्रङ्कलाइन बक्यौता उठाउने विषयमा सांसदबीच समान धारणा भएपनि प्रक्रिया र आगामी रणनीतिका बारेमा मतैक्य नभएपछि सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको पाँच घण्टा लामो बैठकको अन्त्यमा सभापति ऋषिकेश पोखरेलले राख्नुभएको निष्कर्षमा सांसदबीच मत बाँझिएपछि नसक्दा बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।
सभापति पोखरेलले तत्कालीन लेखा समितिले गरेको निर्णय र प्रतिवेदनको अवस्थाबारे जानकारी लिने, डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलसम्बन्धी महालेखाको प्रतिवेदनमा उल्लेख गरेको बक्यौतामा पछिल्लो निर्णय के हो ? भनि लेखी पठाउनेलगायतका विषयमा राख्नुभएको निष्कर्षप्रति प्रतिपक्षी दलका सांसदले विरोध गरे । खासगरी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँग अन्य दलका सांसदबीच बक्यौता उठाउने विषयमा सहमति भएपनि प्रक्रिया र अपनाइने विधिलगायतका विषयमा विवाद सृजना भएको हो ।
प्रकाशित समय : १९:३७ बजे



















