काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’

2.68K
shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताका छन् । निर्माण व्यवसायीलाई समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

राप्ती उपत्यका देउखुरीमा आयोजित नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए। “निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन्”, उनले भने, “काम पूरा गर्न, भुक्तानी लिन असार किन कुर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न केले रोक्छ ?”

उनले सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेकोसमेत जानकारी दिए। योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले पूर्वाधार निर्माणलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको स्पष्ट पारे । योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको तर स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाइ उनको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य गर्नुपर्ने बताइन।

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य अशोककुमार केसीले सरकारले खरिद नियमावलीलाई समयानकूल बनाउनुपर्ने बताउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अवकाश प्राप्त सडक डिभिजन प्रमुख जयलाल मरासिनी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यलगायतले सही नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भएकाले त्यसतर्फ अघि बढ्न आग्रह गरे।