गृहपृष्ठ चार महिनादेखि अर्थमन्त्रालयद्वारा बीमा प्राधिकरणको सञ्चालक समितिको बैठक बहिष्कार
चार महिनादेखि अर्थमन्त्रालयद्वारा बीमा प्राधिकरणको सञ्चालक समितिको बैठक बहिष्कार
बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा चार महिनाभन्दा लामो समयदेखि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक नारायण रिसाल उपस्थित भएका छैनन् । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग लफडा परेपछि अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा सञ्चालक रहेका रिसाल नीतिगत रुपमा असहमति जनाउँदै अनुपस्थित भएका हुन् ।
अर्थमन्त्रालयका प्रतिनिधि बिना नै पछिल्लो चार महिनादेखि बीमा प्राधिकरण चलिरहेको छ । गत बैशाखको पहिलो साता बीमापोष्टमा प्रकाशित समाचारको सन्दर्भमा सञ्चालक समितिको बैठकमा भनाभन भएको थियो । अध्यक्ष सुर्य प्रसाद सिलवालको उमेरहदका कारण अवकास भइसकेको सम्बन्धी सो समाचारको सन्दर्भमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले प्रश्न उठाएपछि परेको झगडाबाट सुरु भएको लफडा अझै सकिएको छैन । पछिल्लो समय अध्यक्ष सिलवालले अर्थमन्त्रालयमा नयाँ सञ्चालक पठाईदिन आग्रह गरेपनि अर्थमन्त्रालयले सुनेको छैन ।
प्राधिकरणका अध्यक्ष सिलवाल र तत्कालीन अर्थमन्त्री वर्षमान पुन बीचमा एक पटक भेटवार्ता नभई नयाँ मन्त्री अर्थमन्त्रालयमा आइसकेका छन् । अहिलेका नयाँ मन्त्री विष्णु पौडेलले समेत बीमा प्राधिकरणको कतिपय काममा चित्त बुझाएका छैनन् । मुख्य रुपमा लघुबीमाको लाइसेन्सको सेटिङमा विष्णु पौडेलले भनेको कम्पनीलाई लाइसेन्स नदिएको विषयमा दुई जनाका बीचमा लफडा परेको थियो ।
पछिल्लो समय बीमा प्राधिकरणका अध्यक्ष सिलवालको सम्बन्ध अर्थमन्त्री मात्रै नभई अर्थमन्त्रालयका कर्मचारीहरुमा पनि बढ्दै गएको छ । यसअघिका अर्थमन्त्रालयका सञ्चालक दीर्घ मैनालीले समेत प्राधिकरणका कतिपय निर्णयमा हस्ताक्षर नगरी सरुवा भएका थिए ।
अहिले पनि चार महिनादेखि अर्थमन्त्रालयका सञ्चालक रिसाल सञ्चालक समितिको बैठकमा उपस्थित नहुँदा अर्थमन्त्रालय र बीमा प्राधिकरणका बीचमा सम्बन्ध बिच्छेदको अवस्था सिर्जना भएको छ । यही बीचमा प्राधिकरणले दुनियाँमा कही नभएको उप कार्यकारी निर्देशक राख्ने प्रस्ताव झनै अर्थमन्त्रालय चिढिएको छ । सेटिङ र प्रभावमा जस्तोसुकै धन्दा हुने बीमा प्राधिकरणले बीमितहरुका कतिपय मुद्दाहरु समेत समयमा छिनोफानो गर्न सकेको छैन ।
प्रकाशित समय : १८:३८ बजे