गृहपृष्ठ नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने
नेशनल म्यूजिक अवार्ड असार २६ मा हुँदै, चर्चित कलाकारहरुले प्रस्तुती दिने
काठमाडौं । ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ ।
आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सँगै ‘एक्सट्रिम इनरजेटिक पर्फमर अफ दि इयर’ समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
कन्सर्टमा जोन एण्ड द लोकल्स देखि दिपक बज्राचार्य सहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।
अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक एवम गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह, उत्कृष्ट हिपहप र आर।एन।बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् ।
त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समय देखि सेवा पु¥याउँदै आउनुभएका व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहनेछ । स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड रहनेछ । यसका लागि सहभागीले ई सेवामार्फत भोट गर्नुपर्नेछ । सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ ।
२०८२ वैशाख १ गते देखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये पाँच जनाको मनोनयनका लागि तीन जनाको जुरि बनाइएको थियो । विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णय अनुसार गरिएको हो ।
कार्यक्रम साङ्गीतिक महोत्सवको रूपमा रहने जनाइएको छ । यस पटक कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन् । कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको उल्लेख गरे । उनले यसलाई समग्र नेपाली सङ्गीतकै उत्थान गर्ने इभेन्टको रूपमा लिन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
प्रकाशित समय : १८:१४ बजे



















