global ime bank Long Banner Ad

गृहपृष्ठ पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो

पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो

पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो

पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो ।

दुग्धेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

उनले सोमबार भारतीय र नेपाली दर्शनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।

पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दर्शनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताइन् ।

मन्दिर दर्शन गर्न दर्शनार्थी चारपाङ्ग्रे सवारी साधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दर्शनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभर मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइन्छ ।

पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताए ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु