काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल

4.16K
shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् ।

एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा आज उनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे ।  

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली कांग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट पारे । 

‘नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्थिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरूरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ’, उनले भने ।