काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अबदेखि एक ऋणीलाई दुई लघुवित्तले ऋण लगानी गर्न सक्ने

4.07K
shares

अबदेखि एउटा ऋणीलाई दुई वटा लघुवित्तले ऋण लगानी गर्न सक्ने भएका छन् ।

७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बताएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो ।

यस्तै दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यका हकमा ७ लाख सीमा कायम गरिएको थियो । तर, अब प्रति परिवार २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा समेत प्रदान गर्न सकिने भएको हो । उक्त कर्जामा सामूहिक जमानी चाहिने छैन ।