गृहपृष्ठ दक्षिण एसियाली करातेमा नेपाललाई स्वर्ण
दक्षिण एसियाली करातेमा नेपाललाई स्वर्ण
भुटानको थिम्पूमा आजदेखि सुरु आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई आठ स्वर्ण प्राप्त भएको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर र महिला–२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद रहे ।
एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन् भने स्वर्णिमले सेमिफाइनलमा श्रीलङ्का र फाइनलमा भारतलाई पराजित गरेका थिए ।
प्रकाशित समय : १९:२५ बजे


















