काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१ साउनमा डिपोबाट इन्धन वितरण नहुने

5.4K
shares

१ साउनका दिन नेपाल आयल निगमको डिपोहरूबाट पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । यद्यपि यसले उपभोक्तालाई भने कुनै असर नपर्ने निगमले जनाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु हुने यस दिन आफ्नो बिलिङ प्रणालीलाई अपग्रेड गर्नुपर्ने भएकाले यस दिन डिपोबाट इन्धन बिक्री वितरण नहुने निगमको भनाई छ ।

निगमका अनुसार १ साउनमा पेट्रोल पम्पहरूमा आवश्यक पेट्रोलियम पदार्थ सोमबार नै अतिरिक्त पठाइने र सोमबारदेखि नियमित हुने हुँदा उपभोक्तामा भने असर पर्ने छैन ।