गृहपृष्ठ पहिरोले स्वास्थ्य चौकी भवनमा क्षति
पहिरोले स्वास्थ्य चौकी भवनमा क्षति
पहिरोले बागलुङ नगरपालिका-१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दै आएका छन् ।
स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिए । करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ ।
“पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,” प्रमुख सर्वुजाले भने, “दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।”
प्रकाशित समय : ०७:०६ बजे



















