काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिरोले स्वास्थ्य चौकी भवनमा क्षति

4.1K
shares

पहिरोले बागलुङ नगरपालिका-१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आधा भाग पुरिएपछि स्वास्थ्यकर्मी जोखिम मोलेर काम गर्दै आएका छन् ।

स्वास्थ्य चौकीभन्दा माथिको जग्गामा चिरा परेकाले अझै पहिरो खस्ने खतरा रहेको स्वास्थ्य चौकीका प्रमुख उमेश सर्वुजाले जानकारी दिए । करिब एक सय मिटर माथिदेखि पहिरो खसेको छ ।

जोखिम मोलेर बिरामीको उपचार गर्नु परिरहेको प्रमुख सर्वुजाले बताए । गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त स्वास्थ्य चौकी भवन जोखिममा परेपछि सेवा प्रवाहमा समस्या हुन थालेको उनले बताए । निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनले बताए ।

“पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,” प्रमुख सर्वुजाले भने, “दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।”