global ime bank Long Banner Ad

गृहपृष्ठ बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गरेका हुन् ।

मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स सङ्घको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उनी र भण्डारी परिवारसँग जोडिएका तस्बिरसमेत समेटिएको छ । सो अवसरमा पूर्वमन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले–आफैँलाई एउटा सफल व्यक्तित्व बनाएको जीवनसम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताए ।

जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उहाँले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ–आफ्नै खाले आत्मकथा हुने बताए।

सांसद कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताए । पूर्वगभर्नर डा रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना बताए ।

त्यस अवसरमा डा लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताए ।

शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र होइन, कमी–कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताए । उनले भने, “समान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।”

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु