गृहपृष्ठ सिजी मोटर्सको नेटा भी पाउने भए कमेडी च्याम्पियनका विजेताले
सिजी मोटर्सको नेटा भी पाउने भए कमेडी च्याम्पियनका विजेताले
कमेडी च्याम्पियन सिजन थ्रीका विजेताले सीजी मोटर्सको ‘नेटा भी’ पाउने भएका छ । यसबारे कमेडी च्याम्पियन टीमले जानकारी दिए छ ।
‘कमेडी च्याम्पियन तेस्रो सिजनका विजेताले नेटा भी पाउने घोषणा गर्न पाउँदा उत्साहित भएको टिमको फेसबुक पेजमा भनिएको छ । कमेडी च्याम्पियनले यसका लागि सीजी मोटर्ससँग सहकार्य गरेको छ ।
हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनल पुगेका छन् ।
आगामी शनिबार असार १५ गते काठमाडौंको मूलपानीस्थित आफ्नै स्टुडियोमा अपराह्न ४ बजेदेखि फिनाले सुरू हुनेछ। फिनालेमा उत्कृष्ट ३ फाइनलिस्टमध्येबाट एक जना विजेता घोषणा गरिनेछ।
३८ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको यो गाडीले एक पटकको चार्जमा ३५० किलोमिटर (एनईडीसी) रेञ्ज दिने कम्पनीको दाबी छ । जेठ २०७९ मा सार्वजनिक भएको यो गाडी नेपालमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।
प्रकाशित समय : १८:२८ बजे



















