गृहपृष्ठ क्लासिकटेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट
क्लासिकटेकको नयाँ अफर : पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले नयाँ ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबीपीएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकलाई पुरानै मूल्यमा १२५ एमबीपीएस इन्टरनेट उपलब्ध गराउने जनाएको छ।
नयाँ ग्राहकले मासिक ५५३ रुपैयाँमै १२५ एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। यसअघि १०० एमबीपीएसमा उपलब्ध रहेको मूल्यमा ग्राहकले थप २५ एमबीपीएस स्पिड प्राप्त गर्नेछन्।
यसका साथै ग्राहकले वाइफाइ ६ प्रविधियुक्त राउटरको सुविधा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिकटेकले सन् २०२१ देखि आफ्ना ग्राहकलाई वाइफाइ ६ प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ।
उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफाइ प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ अफर ल्याइएको कम्पनीको भनाइ छ।
प्रकाशित समय : १५:३४ बजे


















