गृहपृष्ठ गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने

गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने

गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने

गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूले व्यक्त गरेका योजनाहरूको यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले आइतबार निन्दा गरेका छन् । उनीहरूले यी योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने बताएका छन् ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले बुधबार भन्ेका थिए, “इजरायलले गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने योजना बनाएको छ तर तर क्षेत्रका जनतालाई कहाँ पुनः स्थापना गर्ने भन्ने विषयमा अमेरिकी स्वीकृति पर्खिरहेको छ ।”

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन ग्वीरले बिहीबार योजनाअनुसार पहिलो वर्षमा गाजाबाट दुई लाख ५० हजार प्यालेस्टिनीहरूलाई हटाउने र त्यसपछिका छ वर्षमा बाँकी करिब २० लाख बासिन्दालाई हटाउने लक्ष्य रहेको बताएको थिए ।

साउदी अरब, इजिप्ट, जोर्डन, संयुक्त अरब एमिरेट्स, कतार, पाकिस्तान, इन्डोनेसिया र टर्कीका परराष्ट्र मन्त्रीहरूले ‘प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती निकाल्ने उद्देश्यले प्रस्ताव गरिएका योजना र संयन्त्रहरू’ को कडा शब्दमा आलोचना गरेका छन् ।

उनीहरूले ‘जबरजस्ती विस्थापनका आह्वानलाई घोषित नीति वा व्यावहारिक कदममा परिणत गर्दा आउने गम्भीर परिणामहरू’ बारे चेतावनी दिएका छन्।

उनीहरूले सन् २०२५ मा अमेरिकी समर्थन प्राप्त गाजा शान्ति योजनालाई उल्लेख गर्दै थपे, “यी कदमहरूले शान्ति हासिल गर्ने अन्तर्राष्ट्रिय प्रयास र विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा द्वन्द्व अन्त्य गर्ने व्यापक योजनाहरूलाई प्रत्यक्ष चुनौती दिन्छन् । योजनामा जबरजस्ती विस्थापन नगरिने दृढ अठोट गरिएको छ।”

यद्यपि, शनिबार इजरायल र कब्जा गरिएको वेस्ट बैङ्कमा इजरायली बसोबासकर्ताहरूका कट्टर समर्थक इजरायलका लागि अमेरिकी राजदूत माइक हकबिले गाजाबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती निकाल्ने कुनै इजरायली योजना नभएको बताएको छन्।

 

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु