गृहपृष्ठ यामाहा ब्लू स्ट्रीक्सको मानवीय पहल : रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत

यामाहा ब्लू स्ट्रीक्सको मानवीय पहल : रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत

यामाहा ब्लू स्ट्रीक्सको मानवीय पहल : रसुवा–नुवाकोटका बाढीपीडितलाई राहत

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।

गत भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्लू स्ट्रीक्सका सदस्यहरूले रकम संकलन गरी चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायत आवश्यक सामग्री वितरण गरेका हुन्।

कम्युनिटीका सदस्यहरूबाट संकलन गरिएको ९३ हजार रुपैयाँबाट राहत सामग्री खरिद गरिएको थियो। सहयोग संकलन प्रक्रियालाई पारदर्शी बनाउँदै नगद तथा अनलाइनमार्फत प्राप्त सहयोग र दाताहरूको विवरणसमेत सार्वजनिक गरिएको ब्लू स्ट्रीक्सले जनाएको छ।

भारी वर्षाका बाबजुद सदस्यहरूले राहत सामग्री तयार गरी मोटरसाइकल र थप सामग्री बोकेको गाडीमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएका थिए। राहत सामग्री नुवाकोटस्थित श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो।

त्यहाँ ब्लू स्ट्रीक्सका सदस्यहरूले बाढीपीडित परिवारसँग प्रत्यक्ष भेट गरी आवश्यक सामग्री उपलब्ध गराउनुका साथै ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष प्राथमिकतामा राख्दै हौसला र साथसमेत प्रदान गरेका थिए।

यस पहलका बारेमा MAW राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले राइडिङ कम्युनिटी केवल सँगै यात्रा गर्ने समूहमा सीमित नभई आवश्यक पर्दा समाज र नागरिकको साथमा उभिने समुदायसमेत भएको बताए।

उनले ब्लू स्ट्रीक्सको मूल भावना ‘राइड टू प्राइड’ रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा समुदायप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै सहयोगका गतिविधि निरन्तर अघि बढाइने बताए।

बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणको काम जारी रहँदा ब्लू स्ट्रीक्सको यो पहलले साझा रुचि र समुदायप्रतिको उत्तरदायित्वलाई प्रत्यक्ष मानवीय सहयोगमा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु