गृहपृष्ठ एनभीएलमा आज दुई खेल हुँदै

एनभीएलमा आज दुई खेल हुँदै

एनभीएलमा आज दुई खेल हुँदै Oplus_131072

काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज अन्नपूर्ण स्पाइकर्स र काठमाडौँ रेड्सबीच दिउँसो ४ बजे तथा कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे खेल हुनेछ ।

अन्नपूर्णले पहिलो खेलमा कर्णालीसँग पराजित भएको तिह्यो भने काठमाडौँले पहिलो खेलमा मधेश वारियर्स;लाई पराजित गरेको थियो ।

त्यस्तै कर्णालीले पहिलो खेलमा हार बेहोरेको थियो भने खप्तडले पहिलो खेलमा सगरमाथा सगरमाथा स्मासर्ससँग हार बेहोरेको थियो ।

केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन् ।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु