गृहपृष्ठ रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात

कर्णाली । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ ।

भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएकामध्ये ७८ जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । बाढीबाट दुई जनाको मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–२ का नहकुल शर्मा हुन् । उनि रसुवा भन्सार कार्यालयका अधिकृत हुनुहुन्थ्यो । गोरखामा शव भेटिएका शर्माको काठमाडौँ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० पीपलनेटाका २० वर्षीय आयुष खड्काको पनि बाढीबाट मृत्यु भएको छ । प्लान्ट क्वारेन्टाइन टिमुरेमा खरिदार पदमा कार्यरत उनको चितवन देवघाटमा दाहसंस्कार गरिएको छ ।

कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार अज्ञात अवस्थामा हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन् । यस्तै सल्यानका ५१, सुर्खेतका १५, मुगुका ११, रुकुम पश्चिमका सात, हुम्ला र कालीकोटका छ÷छ, दैलेखका पाँच तथा जाजरकोट र डोल्पाका दुई÷दुई जनाको अवस्था अज्ञात रहेको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए । अज्ञात अवस्था रहेकामा १३४ पुरुष, २६ महिला तथा आठ बालबालिका रहेका छन् ।

 

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु