काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुदूरपश्चिममा ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक

5.29K
shares

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ । शनिबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका हुन् । जसमा चालुतर्फ ११ अर्ब ७ करोड रहेको छ भने पुँजीगततर्फ १७ अर्ब ५३ करोड बजेट विनियोजन गरेका छन् ।

कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।बजेटमा पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड, उद्योग पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब चार करोड, भूमि व्यवस्था कृषि तथा सहकारी क्षेत्रमा तीन अर्ब ९ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ३८ करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।

साथै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तीन अर्ब ९ करोड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब चार करोड, भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पाँच अर्ब ६८ करोड, सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब ७४ करोड र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ ।