global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर जातीय प्रेम सम्बन्धमा आधारित ‘ईश्वर’को ट्रेलर सार्वजनिक

अन्तर जातीय प्रेम सम्बन्धमा आधारित ‘ईश्वर’को ट्रेलर सार्वजनिक

अन्तर जातीय प्रेम सम्बन्धमा आधारित ‘ईश्वर’को  ट्रेलर सार्वजनिक

राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवा–युवती प्रेममा परेपछि  हुने समस्यालाई प्रस्तुत गरिएको छ ।

ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङलगायतका कलाकार फिचर्ड छन् ।

दिव्या कंगना फिल्म्सको ब्यानरमा हरिबहादुर थापाले फिल्म निर्माण गरेका हुन् ।  भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु