global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरिएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिए । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताए । सरकारका काम कारबाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गरे ।

छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताए । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवसस् नछुटाइएको उल्लेख गर्दै उनले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राखे । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताए । यसका लागि प्रदेशले मात्र नभई सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताए । यसबारे पहलहरू भइरहेको र आज बिहान मात्रै पनि पोखराबाट बङ्गलादेशमा सिधा हवाई उडानका विषयमा छलफल भइरहेको बताए ।

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उनले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु