global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्री लामिछानेले भने-सिंहदरवार अब सबैका लागि खुला छ

गृहमन्त्री लामिछानेले भने-सिंहदरवार अब सबैका लागि खुला छ

गृहमन्त्री लामिछानेले भने-सिंहदरवार अब सबैका लागि खुला छ

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरवार आम नागरिकका लागि खुला भएको बताएका छन् ।

सिंहदरवार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरवारमा भए मात्रै प्रवेश पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले बताए ।

मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले भने,‘ सिंहदरवार छिर्न अब कसैलाई चिन्नुपर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।’

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रवेश गर्न इच्छुकका लागि मन्त्रालयले नयाँ प्रणालीको विकास गरेको छ । नयाँ प्रणाली परीक्षणका क्रममा रहेकाले केही समय भने दुख पहिलेकै जस्तै अवस्था झेल्नुपर्ने हुनसक्ने गृहमन्त्री लामिछानेले बताए । प्रवेश पासको नयाँ व्यवस्थाले पुरानो प्रणाली भने तत्काल नहट्ने गृहमन्त्री लामिछानेको भनाइ छ ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु