गृहपृष्ठ डिम्याट खाता कसरी खोल्ने ? यस्ता छन् बुझ्नैपर्ने कुराहरु
डिम्याट खाता कसरी खोल्ने ? यस्ता छन् बुझ्नैपर्ने कुराहरु
शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।
आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ ।
यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदबिक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो शेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।
कसरी खोल्ने खाता ?
डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै (डीपी)मा जानुपर्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् । यस्ता संस्था हाल ६० ओटा छन् ।
आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेष्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो । त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ ।
प्रकाशित समय : १८:०७ बजे



















