काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिपाडोल बृहत खानेपानीको अध्यक्षमा तुल्नीनारायण लाखेमरु निर्वाचित

4.75K
shares

भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् ।

शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए ।

निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण ग्वाछा, उपसचिवमा नवीन प्रजापति, कोषाध्यक्षमा आशकुमार मचामसी निर्वाचित भएका छन् । सदस्यहरुमा हरिकृष्ण खाइतू, इन्द्रभक्त सुवाल, सुमित्रा श्रेष्ठ र लक्ष्मीनारायण खायमली निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको शनिबार नै भएको पहिलो बैठकबाट चार जना सदस्यहरु मनोनित गरिएको छ । मनोनित सदस्यहरुमा श्यामलाल श्रेष्ठ, सेतबहादुर तामांग, उमादेवी व्याञ्जू र सुमित्रा राजचल रहेका छन् ।

यसअघि साधारणसभाको उदघाटन वागमति प्रदेश सांसद किरण थापाले गरेका थिए । कार्यक्रममा विशेष अतिथि सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पुप्पराज बस्नेत रहेका थिए । उपसमिति १ का अध्यक्ष तुल्सीनारायण लाखेमरुको सभापतित्वमा भएको कार्यक्रममा सचिव शिवनारायण ग्वाछा, कोषाध्यक्ष आशकुमार मचामसी, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य विश्वराम त्वानाबासुलगायतका पदाधिकारीहरुले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।