काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

3.63K
shares

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको आर्सनल ३४ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी ब्राइटनको भने ३३ खेलमा ४४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।