गृहपृष्ठ सन् २०२५ सम्ममा सुनको मूल्य प्रतिऔँस ३ हजार डलर पुग्न सक्ने बैंक अफ अमेरिकाको प्रक्षेपण
सन् २०२५ सम्ममा सुनको मूल्य प्रतिऔँस ३ हजार डलर पुग्न सक्ने बैंक अफ अमेरिकाको प्रक्षेपण
Gold-Janaboli
अन्तरराष्ट्रिय बजारका साथसाथै नेपाली बजारमा पनि दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य, सन् २०२५ सम्ममा प्रतिऔँस ३ हजार डलर पुग्न सक्ने बैंक अफ अमेरिकाले प्रक्षेपण गरेको छ। विश्व बजारमा सुनको माग बढ्न थालेसँगै यसको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउन थालेको हो।
अन्तरराष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔँस २ हजार ३५० नाघेको छ। एशियाका अधिकांश र पूर्वी युरोपेली देशहरूका केही केन्द्रीय नियामकहरूले यस वर्ष बुलियनको खरिदलाई बढाएका छन्। जसमध्ये पिपुल्स बैंक अफ चाइनाले आफ्नो सुनको भण्डारलाई निरन्तर १७ औँ महिना बढाएर मार्चमा ७२.७५ मिलियन ट्रो औंस पुर्याएको छ।
युक्रेन र मध्यपूर्वमा भूराजनीतिक तनावका साथै मुद्रास्फीतिले सुनको मूल्यमा भएको वृद्धिलाई थप बल दिएको छ। ब्याजदर कटौतीमा फेडरल रिजर्भको ढिलाइको बारेमा चिन्ताको बाबजुद, लगानीकर्ताहरू बढ्दो मूल्यको दबाबबाट जोगाउन केन्द्रित छन्।
प्रकाशित समय : ०८:०४ बजे



















