काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

करोड भन्दा बढी कारोवार, नेशनल होर्टीकल्चर एक्सपो सम्पन्न ।

7.46K
shares

नर्सरी ब्यवसायी संघ नेपालले नेपालमा पहिलो पटक आयोजना गरेको ‘नेसनल हर्टिकल्चर एक्स्पो २०८०’ (राष्ट्रिय बागवानी प्रदर्शनी मेला) मा एक करोड भन्दा बढी आर्थिक कारोवार भएको छ । चैत्र १६ गते शुक्रबारबाट शुरु भएको एक्सपो सोमबार सकिएसँगै नर्सरी फूल बिरुवाको  बिक्री बितरणबाट एक करोड बढीको आर्थिक  कारोवार भएको संघले जनाकारी दिएको छ ।

काठमाडौँस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा गरीएको चार दिने एक्सपोमा झन्डै ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गरेको संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले  जानकारी दिए । एक्सपोमा रहेको उत्साहजनक सहभागिताले नर्सरी ब्यवसायीहरुलाई प्रोत्साहन गरेको छ अध्यक्ष तिमिल्सेनाले भने , नर्सरी ब्यवसायलाई प्रबद्र्धन गर्ने उदेश्यले गरेको पहिलो मेला सफल भयो ।

देशैभरीका नर्सरी ब्यवसायीहरुको हितको लागि संगठन बिस्तार गरेर निरन्तर यस्ता खालको एक्सपो गरीरहने संघको योजना रहेको अध्यक्ष तिमिल्सेनाले बताए ।  फलफूल बिरुवा पारखीहरु र उपभोक्ताले  नर्सरी ब्यवसायीहरु संग सजिलैै जोडीने  अवसर मिल्ने हुनाले  मेला प्रभावकारी भएको मेला संयोजक  तथा संघका बरिष्ठ उपाध्यक्ष रामजी कुवरले बताए ।

कृर्षिसंग सम्बन्धीत पठनपाठनको लागि बिद्यार्थीहरुको परामर्शको लागि समेत महत्वपुर्ण थलो बन्यो एक्सपो कुवरले भने  धेरै बिद्यार्थीहरु  परामर्श लिनकै लागि भ्रमण गर्न आए । एक्सपोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी र जडिबुटी नर्सरी गरी चार विधाका ७ सयभन्दा बढी प्रजातीका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिएको थियो ।

मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउविजन, औँजार उपकरण तथा प्रविधिसम्बन्धी  सबै सामाग्रीहरु एकै ठाउमा  रहेकाले अवलोकनकर्ताहरु लाभान्वित भएको संघले जनाएको छ । बिदेश बाट आयातित फूलबिरुवालाई  प्रतिस्थापन गर्ने उदेश्यले स्थापना भएको नर्सरी व्यावसायी संघले होर्टीकल्चर एक्स्पो २०८० मा  नेपाली किसानहरुले उत्पादन  गरेको फूलबिरुवाहरुलाई प्रदर्शनमा  जोड दिएको संघका सल्लाहकार  कुमार कसजु श्रेष्ठले बताए ।

‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारासहित सुरु गरीएको एक्सपो नर्सरी क्षेत्रको एकीकृत विकासको रुपमा लिएको संघले अब तिहार लक्षित एक्सपो गर्ने बताएको छ ।  सात महिना अघि स्थापना भएको
नर्सरी व्यवसायी सघमा हाल  १२६ भन्दा बढी सदस्यहरू रहेका छन्   ।