काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा फाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

5.25K
shares

पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्सथापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने बिक्री आवेदन खुलाएकोमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्रीमा राखेको जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूरोड पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने संस्थाले उल्लेख गरेको छ ।