काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

७ महिनामा विकास बैंकले कमाए करिब ३ अर्ब नाफा

5.25K
shares

माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ३ अर्ब रुपैयाँ कमाउन सफल भएका छन्।राष्ट्रियस्तरका ८ वटा विकास बैंकले यो ७ महिनाको अवधिमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्।

यी विकास बैंकमध्ये सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा रहेको छ। यो बैंकले मात्रै ५५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ। दोस्रोमा मुक्तिनाथ रहेको छ। मुक्तिनाथले यो ७ महिनामा ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

शाइन रेसुंगा ४३ करोड ७१ लाख रुपैयाँ नाफाका साथ तेस्रो स्थानमा रहेको छ भने महालक्ष्मी विकास बैंक ३३ करोड ४० लाख रुपैयाँ नाफाका चौथौ स्थानमा रहेको छ।

यसैगरी माघसम्म कामना सेवाले ३१ करोड २३ लाख रुपैयाँ, लुम्बिनीले २१ करोड १३ लाख रुपैयाँ, ज्योतिले १७ करोड ७६ लाख रुपैयाँ र सांग्रिलाले १५ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्।