global ime bank Long Banner Ad

गृहपृष्ठ टिमुरे सुख्खा बन्दरगाह : सन् २०२५ अगावै निर्माण गर्ने तयारी

टिमुरे सुख्खा बन्दरगाह : सन् २०२५ अगावै निर्माण गर्ने तयारी

टिमुरे सुख्खा बन्दरगाह : सन् २०२५ अगावै निर्माण गर्ने तयारी

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधिन सुख्खा बन्दरगाह निर्माणले पछिल्लो समय गति लिएको छ । कोरोना तथा कामदारका अभावका कारण निमार्णले गति लिन नसकेको भएपनि पछिल्लो समय अवस्था सहज भएसँगै बन्दरगाह निर्माणको कामले गति लिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक आशिष गजुरेलले जानकारी दिए । निर्माण सुरु भएको अहिले चार वर्ष बितेको छ । अहिले बन्दरगाह निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको गजुरेलले बताए ।

बन्दरगाह निमार्णको लागि चिनको तिब्बत स्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले जिम्मा पाएको छ । सन् २०१९ नोभेम्बर २० मा बन्दरगाह निर्माणका लागि शिल्यान्यास गरि औपचारिक रुपमा निर्माणको कार्य सुरु गरिएको थियो । निर्माण सुरु गरिएको ३० महिना भित्र काम सम्पन्न गर्ने सम्झौता भएपनि कोरोना महामारी, चिनिया कामदार चीनबाट निर्माणस्थलमा आउन नसक्नु लगायतका कारण कामले गति लिन सकेन । बन्दरगाह निर्माणको अबधि सकिई अहिले दोस्रो पटक म्याद थप गरिएको छ । उक्त बन्दरगाह सन् २०२५ सम्ममा निर्माण गरिसक्नु पर्ने सम्झौता छ ।

सम्झौता अगावै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तिब्रता दिएको तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडका म्यानेजर याङ इलीले बताए । तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडका म्यानेजर याङ इलीका अनुसार खोला किनारमा मेसिनरि वाल लगाउने काम सम्पन्न भएको छ । त्यसैगरि निर्माणस्थल जाने बाटो निर्माणको कार्य अन्तिम चरणमा रहेको छ । अहिले पार्किङस्थल सम्याउने, गोदामघर निर्माणका लागि फाउन्डेसनको काम सम्पन्न गरि संरचनामा छाना छाउने काम भइरहेको उनले बताए । ‘अहिले कामलाई गति दिएका छौँ, यहाँँ कामलाई सहज बनाउन सबैको साथ सहयोग पाएका छौँ उनले भने तोकिएको समय अगावै निर्माण सम्पन्न गछौँ’ ।

चीन सरकारको सहयोगमा दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिन लागिएको हो । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । करिब १२ करोड ४० लाख चिनियाँ युआनको लागतमा सुख्खा बन्दरगाह निर्माण गरिन लागिएको हो । चीन सरकारको आर्थिक सहयोगमा अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न बन्दरगाह निर्माण हुने बताइएको छ ।

८ दशमलब ५ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाहमा एउटा मुख्य भवन रहने भएको छ । त्यसमा प्रशासनीक कार्यका लागि भन्सार, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षा लगायत कार्यालयहरू रहने रसुवागढी भन्सार कार्यालय टिमुरेले बताएको छ । तीन सय १५ भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने गरि पार्किङस्थल निर्माण हुने छ । त्यसैगरि ७ सय ५० वर्ग मिटरको क्षेत्रफलमा गोदामघर निर्माण हुने जनाइएको छ । चीन सरकारको सहयोगमा चिनियाँ पक्षले रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु गरेको हो । बन्दरगाह निर्माणको काम सम्पन्न पश्चात अहिले भइरहेको अस्तव्यस्तता हटने बिश्वास लिईएको छ ।

 

 

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु