काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

4.26K
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

शनिबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

बैठकमा पछिल्लो सत्ता समीकरण, नेकपा (एमाले) र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनबारे पनि छलफल भइरहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बैठकमा त्यसबारे पनि सदस्यहरूले धारणा राखेको राप्रपाले बताएको छ।