गृहपृष्ठ याे साता सुनको मुल्यमा कमी, अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभाव मुख्य कारण
याे साता सुनको मुल्यमा कमी, अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभाव मुख्य कारण
नेपाली बजारमा यो साता सुनको मुल्यमा उतार चढाव देखिएको छ । यद्धपी साताभरमा सुन ताेलामा ९०० रूपैयाँले घटेकाे छ ।
साताको पहिलो दिन आइतबार, प्रतिताेला एक लाख १८ हजार रुपैयाँ ताेकिएकाे थियाे । सुनको मुल्य साताको तेस्रो दिन १ लाख १७ हजार ७०० रूपैयाँमा झरेकाे थियाे । त्यसपछिका दिनमा केही घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार सुनकाे भाउ फेरि उकालो लागेर ताेला कै एक लाख १७ हजार १०० रूपैयाँ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतिताेला ९०० रुपैयाँले कम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य भने बढेको छ । आइतबार प्रतिताेला एक हजार ३९० रुपैयाँ रहेको चाँदीको मुल्य फागुनकाे पहिलाे दिन बढेर एक हजार ३९५ रुपैयाँमा काराेबार भएकाे थियाे । यसैगरी, फागुनकाे दाेस्राे दिन चाँदीकाे भाउ सामान्य घटेर प्रतिताेला एक हजार ३६५ रूपैयाँमा झरेकाे थियाे । अन्तिम कारोबार भएको दिन शुक्रबारसम्म बढेर चाँदी प्रतिताेला एक हजार ४१० रूपैयाँ ताेकियाे । यसरी यस साता चाँदी प्रतिताेला २० रूपैयाँले महंगिएकाे छ ।
यो साता विश्व बजारमा सुनको मुल्यमा सामान्य कमी आएको छ । अमेरिकी बजारको आर्थिक क्षेत्रमा देखिएको प्रभावसँगै मुल्यमा सामान्य कमी आएको बिश्लेषकहरुको आँकलन छ ।
विश्व बजारमा शुक्रबार सुनकाे मूल्यमा गिरावट देखियाे । यस दिन सुन प्रति अउन्स २ हजार डलर बराबरमा काराेबार भइरहेकाे छ । शुक्रबारकाे काराेबारमा करिब ३ डलरले सुन सस्तिएकाे देखिएकाे हाे ।
प्रकाशित समय : ०७:५३ बजे


















