गृहपृष्ठ सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो- कति बढ्यो?
सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो- कति बढ्यो?
यस साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साता २०९६.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६४ प्रतिशत अर्थात ३४.२९ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ।
यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। यस साता सोमबार र बुधबार नेप्से परिसूचक बढेर बन्द भएको थियो।
त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स १०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२७ अंक घटेको छ।
नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ८६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १ अर्ब २३ करोड रुपैयाँ अर्थात ४३.०८ प्रतिशत बढी हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३७.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २१.६५ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १.६४ प्रतिशत घटेको छ। गत साता ३२ खर्ब ९५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५३ अर्ब घटेर ३२ खर्ब ४१ अर्बमा सीमित भएको छ।
प्रकाशित समय : ०७:५१ बजे


















