गृहपृष्ठ आयोगले बुझायो उपप्रधानमन्त्रीलाई बालकुमारी घटनाबारे प्रतिवेदन
आयोगले बुझायो उपप्रधानमन्त्रीलाई बालकुमारी घटनाबारे प्रतिवेदन
बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन बुझाएको छ।
प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले जाँचबुझ गरी मिहनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताए।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषदको बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।
उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भटाराई सदस्य रहेको आयोगले पुस २० देखि काम सुरू गरेको थियो।
प्रकाशित समय : १८:३१ बजे


















