गृहपृष्ठ अन्तरिक्षमा रूसको आणविक क्षमताको अमेरिकी दावी क्रेमलिनद्वारा खण्डन

अन्तरिक्षमा रूसको आणविक क्षमताको अमेरिकी दावी क्रेमलिनद्वारा खण्डन

अन्तरिक्षमा रूसको आणविक क्षमताको अमेरिकी दावी क्रेमलिनद्वारा खण्डन

क्रेमलिनले बिहीबार अन्तरिक्षमा आणविक क्षमता विकास गर्ने रुसको योजनाको अमेरिकी दावीलाई ह्वाइट हाउसले कङ्ग्रेसलाई थप रकम अनुमोदन गर्न दबाब दिन प्रयोग गरेको चाल मात्र भनेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रीफिङमा जनाए अनुसार, ‘ह्वाइट हाउसले कुटिल तरिकाले कङ्ग्रेसलाई पैसा छुट्याउने बिलमा मतदान गर्न दबाब दिन यो हल्ला फिजाइरहेको छ।’
‘हामी हेर्नेछौं ह्वाइट हाउसले अन्य के चालहरू चाल्दै छ,’ पेस्कोभले भने ।

ह्वाइट हाउसले बिहीबार रुसले ‘एउटा एन्टि-स्याटेलाइट क्षमता’ विकास गरिरहेको उल्लेख गरेको थियो ।

यता अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले भने, ‘अहिले कुनै पनि हतियार तैनाथ गरिएको छैन र ‘कसैको सुरक्षामा तत्काल कुनै खतरा छैन।’

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु