कर्ण कायस्थ महिला समाजले गर्यो गौरीशंकर लाल दासलाई सम्मान
सुस्मिता लाल न्युज /कारोबार
वि.सं.२०८० माघ १४ आइतवार १७:०३
shares

कर्ण कायस्थ महिला समाजले दिव्य पुरुष डा.गौरीशंकर लाल दास सहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
कर्णे कायस्थ महिला समाजले माघ १३ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मानको कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रमको प्रमुख अतिथिमा मधेश प्रदेशका पुर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ रहेका थिए ।
डा.दासको जन्म सिरहाको इनर्वामा वि. सं. १९८१ मा भएको हो । डा.दासलाई यसअघि गत असोजमा सरकारले दिव्य शताब्दी पुरुष घोषणा गरेको थियो । उनले वरिष्ठ बालरोग विशेषज्ञचिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म काम गरेका छन् ।
२००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा.दास सय वर्ष उमेर पुरा भएर पनि विभिन्न सामाजिक अभियानमा सक्रिय रुपले लागि रहेका छन्।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. दासले भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका छन् । डा. दासले वीर अस्पतालबाट स्वास्थ्य सेवा आरम्भ गरेका थिए । उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै समाजले डा.दासलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा कर्ण कायस्थ महिला समाजले मधेशी तथा कर्ण महिला समुदायको क्षेत्रमाका योगदान दिएका व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ । यस कार्यक्रममा मिथिला चित्रकलालाई स्वदेश र विदेशमा पनि स्थापित गराउने चन्दा मल्लिक कर्ण र प्रिया मल्लिक, फैशन डिजाइनर सुचिता साची, महिला स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याएकोमा डा.अनामिका कर्ण, घरेलु व्यवसायबाट मधेशी महिलाका लागि नमूना बन्न सफल भएकोमा रुबिना कर्ण र गिता कर्णलाई सम्मान गरेको छ । यस कार्यक्रमा पत्रकार सुषमा कर्ण (स्नेहा), बैँकिङ क्षेत्रमा सक्रिय रिम्मी कर्ण, अनुजा दत्तलाई न्याय सेवा क्षेत्रका लागि तथा सविता मल्लिकलाई पद्मकन्या क्याम्पसको प्रथम श्रेणीको प्राध्यापकको लागि सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा कर्ण कायस्थ समाजले आफ्नो संस्थाको संरक्षक सदस्यहरू डा.गौरीशंकर लाल दास, लोकेन्द्र मल्लिक, कमल नारायण दास, श्यामकला मल्लिक, कमल प्रसाद कर्ण, उपेन्द्र लाभ, शिव भुषण लाल, राजीव कुमार, हृदय मोहन लाल दास, दिनेश्वर लाल कर्ण, डा. विजय कुमार दत्त र अनिल कुमार दत्तलाई पनि सम्मान गरेको छ । सो कार्यक्रममा नेपाल चित्रगुप्त समाज, ग्लोबल कन्फरेन्स, मिशन टू कडोर र नेपाल चित्रगुप्त महासङ्घलाई पनि सम्मानित भएको छ ।

























