‘नयाँ सोच लिएर अगाडि बढ्यो भने सफल भइन्छ’
सुस्मिता लाल/न्युजकारोबार
वि.सं.२०८० माघ १४ आइतवार १७:०२
shares

अल्ट्रा ग्रुप एउटा सानो कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । थोरै लगानीबाट सुरु भएको यस कम्पनी अहिले बिशाल संगठनमा स्थापित भईसकेको छ । यसको सुरुवाती कालदेखि नै कम्पनीमा सामान्य पोष्टबाट काम सुरु गरेका थिए उत्तम खनाल । आफ्नो करियरको पहिलो कामको सूरुवात थियो अल्ट्रा ग्रुप । आफुले केही गर्नुपर्छ भन्ने सकरात्मक सोच लिएर अगाडि बढेका खनालले त्यही कम्पनीमा काम गरेको २५ वर्ष भयो । अल्ट्रा ग्रुपमा मार्केटिङबाट काम सुरु गरेका खनाल अहिले त्यही कम्पनीको जनरल म्यानेजर रहेर काम गरिरहेका छन् । दृण संकल्प र मेहेनतले आज आफु म्यानेजर बन्न पुगेको उनी बताउछन् । उनमा इमानदारिता र कामप्रतिको मोह अहिले पनि त्यतीकै रहेको महशुस गर्न सकिन्छ ।
पारिवारिक वातावरण
उत्तम खनालको जन्म तनहुँमा भएको थियो । उनको जन्म मध्यम वर्गिय परिवारमा भएको हो । उनको बुवा कृषक थिए । उनको जन्म भएको केहि समय पछि नै उनको परिवार पहाडबाट तराइ झरेको थियो । जसले गर्दा, उनको जन्म तनहुँमा भए पनि उनले आफ्नो शिक्षा दिक्षा तराईको बारा जिल्लाबाट प्राप्त गरेका छन् । उनको परिवारमा बुवा, आमा, दाई, भाई, दिदि, बहिनी, श्रीमती र एक छोराछन् । हाल उनी आफ्नो परिवारसँग काठमाडौंको नैकापमा बस्दै आइरहेका छन् ।
शैक्षिक विवरण
उत्तम खनालले कक्षा एक देखि एसएलसी सम्मको पढाई बारा जिल्लाको अनुप दिपनी मा. वि. बाट प्राप्त गरेका छन् । उनले त्यसपछिको पढाई काठमाडौंबाट गरेका छन् । उनले आई.कम, बि.बि.एस र एम. बि.एसको पढाई काठमाडौंको लैनचोरमा रहेको सरस्वती क्यामपसबाट गरेका छन् । उनले एल.एल.बीको पढाई पनि गरेका छन् । उत्तम खनाललाई सानै देखि नयाँ नयाँ कुराहरु जान्न र बुझ्न मन पथ्र्यो । उनी प्राविधिक कुराहरु सिक्न सधैँ उत्सुक रहन्थे । उनलाई सानोमा फुटबल खेल्न निकै नै मन पथ्र्यो । नयाँ कुरामा सिक्न उनको विशेष ध्यान हुन्थ्यो । उनी सानैबाट सबैसंग मिलनसार स्वभावका थिए । सबैलाई सम्मान गर्थे । सिक्ने कुराहरुमा उनले कहिल्यै पछि हटेनन् । उनको यो स्वभावले नै आज उनलाई यो उचाइसम्म ल्याएको उनी सम्झन्छन् ।
जागिरको सुरुवात
उत्तम खनालले आफ्नो जागिरको सुरुवात मार्केटिङबाट गरेका थिए । १९९७ ए.डि.मा अल्ट्रा ग्रुपको स्थापना भयो । उनले त्यहि समय देखि नै अल्ट्रा ग्रुपमा काम गर्न थालेका थिए । उनले आफ्नो कामको सुरुवात मार्केटिङबाट गरेका थिए । त्यसपछि, उनले अल्ट्रा ग्रुपको एकाउण्ट, सर्भिस र म्यानेजमेण्ट हेर्न थाले । पछि उनी यस ग्रुपको जेनरल म्यानेजर भए । कामको सुरुवाती चरणदेखि नै उनी त्यही कम्पनीमा संलग्न छन् । आज पनि उनी काम सिक्न चाहनेहरुलाई पनि उनले राम्रो अवसर प्रदान गरिरहेका छन् । सबैलाई काम गर्न प्रोत्साहन गर्ने उनमा कुशल क्षमता पनि छ ।
कम्पनीको परिचय
अल्ट्रा ग्रुपले नवीकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेको छ । अल्ट्रा ग्रुपले विशेष गरेर सौर्य उर्जाको बिक्रि वितरणको काम गरिरहेको छ । अल्ट्रा सोलार इनर्जीले सोलार इनर्जी अन्तर्गत सोलार थर्मल र सोलार पीभी सामानको उत्पादन तथा विक्रीको काम गरिरहेको छ । यस ग्रुपले सोलार थर्मल र सोलार इलेक्ट्रिकका उत्पादन ग्राहकलाई उपलब्ध गराइरहेको छ । अल्ट्रा ग्रुपसँग सोलार पावर सिस्टमको सोलार फोटोभोल्टीक मोड्युल छ । यसले सौर्य उर्जालाई विद्युत उर्जामा परिणत गर्छ । यो दुई किसिमको हुन्छ, एण्टा पोलि र मोनो । सोलार इन्भर्टर विशेष गरेर घरायसी प्रयोजनको लागि प्रयोग हुन्छ । सडक सौर्य बत्ती जुन पोल सहित वा पोल वाहेक हुने गर्छ । यो २० वाट, ३० वाट, ४० वाट र ६० वाटको हुन्छ । सोलार-पिसियु टेयाबुलर ब्याट्रि, सोलार चार्ज कन्ट्र्रोलर, सोलार हाइबिद्र-डियसपि पियोर साइन वेभ इन्भरटर-पिसियु, सोलार लाइट, सोलार पम्पिङ्ग सिस्टम, सोलार वाटर हिटिङ्ग सिस्टम,फ्ल्याट पिलेट सोलार वाटर हिटर, वायो इन्रर्जी सिस्टम, उइन्ड इन्रर्जी, एयर एण्ड ग्यास लिकियुफाइङ्ग मेसिन, वाटर पियुरिफिकेसन सिस्टम लगाएतको छ ।
अल्ट्रा ग्रुपले आफ्ना सामानमा ग्राहकलाई ३ देखि १० वर्षसम्मको ग्यारेण्टी तथा वारेण्टी दिने गर्छ । त्यसै गरेर सामानको समस्या अनुसारको ग्राहकको घरमै पुगेर पनि सेवा दिने गर्छ । अल्ट्राको प्रधान कार्यालय काठमाडौंको नैकापमा रहेको छ । यसले हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय जनालाई रोजगारी दिइरहेको छ । अल्ट्रा ग्रुपले सोलार थर्मलसम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउँछ । यसले घरायसी देखि व्यावसायिक रूपमा प्रयोग गर्न सकिने सोलार सामग्रीहरु बजारमा ल्याएको छ । अल्ट्रा ग्रुपका शाखाहरु काठमाडामौं वल्र्ड ट्रेड सेण्टर, महाराजगञ्ज, गौशाला, रविभवन, ललितपुर, भक्तपुर र देशभर अल्ट्रा ग्रुपका विक्री केन्द्रहरु छन् । अल्ट्रा ग्रुपले ग्राहकहरुको आवश्यकता अनुसारका सामानको निर्माण र सोही अनुरूप मूल्य निर्धारण गर्ने गर्छ । नेपालमा विद्युतको माग अनुसारको आपुर्ति हुन सकेको छैन । जसले गर्दा उपभोक्ताहरु जहिले पनि समस्यामा नै हुन्छन् । अहिले विद्युतको प्रयोग खाना पकाउन, टी.भी हेर्ने, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न लगायतको काममा हुने गर्छ । साथै मुख्य विद्युतको प्रयोग औद्योगिक र व्यावसायिक क्षेत्रमा हुने गर्छ ।
अहिले सोलार सिस्टमले उपभोक्ताहरुलाई निकै राहत दिइरहेको छ । सोलारको प्रयोगले बत्ती बाल्न, ल्यापटप चलाउन, टीभी हेर्न, मोबाइल चार्ज लगाएतको कामहरु गर्ने सकिन्छ । अहिले सोलार, जेनेरेटर, इन्भर्टरको प्रयोग सर्वसाधारण, ठूलो र सानो व्यवसायी, कार्यालय, कलेज, उद्योग लगायतकोले गरिरहेका छन् । अहिले एक पटक लगानी गरेपछि वर्षौं ढुक्क हुने भएकाले सोलारलाई जलविद्युत्को दीर्घकालीन विकल्पको रुपमा प्रयोग गर्नेहरुको संख्या पनि बढि नै रहेको छ । सोलार नवीकरणीय ऊर्जाको गतिलो स्रोत, वातावरणमैत्री, दीर्घकालीन व्यवस्थापन र आर्थिक फाइदाका दृष्टिले पनि उपयुक्त रहेको छ ।
नेपालमा वर्षको ३०० दिन औसत १०–१२ घण्टा सम्म घाम लाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनको सम्भावना बलियो नै छ । मुलुकमा हालसम्म ४० मेगावाट सौर्य विद्युत् जडान भइसकेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले घरेलु सौर्य ऊर्जा प्रणालीमा मात्रै पाँच लाखभन्दा बढी घरमा यो प्रविधि जडान गरिएकोे छ । सोलार प्यानलको मूल्य घट्दै गएपछि यसप्रति सर्वसाधारणको पहुँच बढ्दो छ । सौर्य ऊर्जाबाट प्राप्त हुने तापबाट पानी तताउन थर्मल प्रविधिको प्रयोग हुन्छ भने प्रकाशबाट विद्युत् उत्पादन गर्न फोटो भोल्टाइक (पीभी) । सरकारी नीति सोलारमैत्री भएमा यसको बजारले व्यापकता पाउने व्यवसायीहरुको ठहर छ ।
कामप्रतिको लगाव
उनी भन्छन्, ‘जीवनमा जे काम गरे पनि त्यस काम प्रति सधैं इमान्दार रहनुपर्छ । कुनै पनि काम सानो वा ठूलो भन्ने हुदैंन । जसले सबै कामलाई समान रुपले हेर्छ, उसैले जीवनमा जसरी पनि सफलता पाउँन सक्छ । हरेक काम मेहनत र लगनशील भएर गर्नुपर्छ । कुनै पनि ठाउँमा काम गर्दा खेरि त्यसलाई आफ्नै सम्झेर काम गर्नुपर्छ । कुनै पनि काम गर्दा खेरि त्यसलाई नयाँ र रचनात्मक सोचका साथ सम्पन्न गर्नुपर्छ । जसले गर्दा त्यो काममा एउटा नयाँपन आउँछ । जीवनमा जहिले पनि दिमाग खर्च गर्नुपर्छ र पैसा बचाउँनु पर्छ ।
यदि जीवनमा यति गरियो भने जीवनमा सजिलैसँग सफलता पाउँन सकिन्छ । जीवनमा सफलता पाए पछि मात्तिने र असफलता पाए पछि आत्तिने चलन छ । जुन सरासर गलत कुरा हो । जीवन भनेको सुख र दुःखको संगम हो । जीवनमा सुख र दुःख दुवै आउँछ र जान्छ, त्यसलाई सामान्य रुपमा लिनुपर्छ ।’ उनी भन्छन् , यहाँ सम्म आउँनको लागि धेरै दुःख र मेहनत गरेर आइयो र अगाडि पनि धेरै मेहनत गर्ने अहिले बाँकी नै छ । जीवनमा जे काम गरे पनि आफ्नै देशमा बसेर गर्नुपर्छ । यदि यस्तो गरियो भने हामी र हाम्रो देश दुवैको विकास हुन्छ । मान्छेको उमेर बढ्दै जादाँ खेरि आफूलाई नयाँ कुरा, टेक्नोलोजि, म्यानेजमेण्टसँग लिङ्क गराउँदै जानुपर्छ । जसले गर्दा मानिसको उमेर आफै लामो हुदैं जान्छ, साथै यसले गर्दा मानिसमा भएको पुरानो सोच नयाँ सोचमा परिणत हुँदै जान्छ ।

























