सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० माघ ८ सोमवार १०:४४
shares

सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भइरहेको छ ।
आइतबार पनि छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० मा र तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























