काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पशुपति विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

6.91K
shares

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर भएको छ । आइतबार उच्च अदालत पाटनले भरत मरासिनीले दायर गरेको रिटमा अन्तरिम आदेश दिदै पुनको नियुक्ति बद्र गरेको हो ।

उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो ।

पुन गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी थिइन् भने पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।

नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी वा सचिव सरहको पदमा योग्यता नपुगेकालाई नियुक्त गरेको भन्दै उनको नियुक्ति विवादमा परेको थियो ।