काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उपत्यकावासीलाई मेलम्ची खानेपानी वर्षभर उपलब्ध गराउने गरी काम भइरहेको छः मन्त्री यादव

6.34K
shares

खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताएका छन्।

सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले काठमाडौंवासीलाई वर्षभर पानी उपलब्ध गराउन दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरूको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको बताए।

काठमाडौं उपत्यकाको लागि अन्य स्राेतहरूको व्यवस्था गर्नको लागि वैकल्पिक स्राेतहरू सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको अध्ययन भइरहेको उनकाे भनाइ छ।

उनले काठमाडौं उपत्यकाभित्र स्थानीय स्राेतकाे पहिचान तथा प्रयोग एवं काठमाडौं भित्रको ढुंगेधाराहरूबाट प्रयोग नहुँदा खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको स्पष्ट पारे।

मन्त्री यादवले प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मनसुन अवधिभर बन्द गर्नुपर्ने बाध्यता रहेको पनि बताए।