काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पीएम कपमा मधेश प्रदेशको विजयी शुरुवात

4.73K
shares

आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ ।

शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्बाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएको थियो ।

अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपनि क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।